लगनखेल मालपोत : पोशाकमा चिटिक्क देखिए लेखपढी व्यवसायी (फोटोहरु)

सुशील श्रेष्ठ
२०८३ जेठ ४ गते १८:०९ | May 18, 2026
लगनखेल मालपोत : पोशाकमा चिटिक्क देखिए लेखपढी व्यवसायी (फोटोहरु)


काठमाडौं। सोमबार ललितपुर मालपोत कार्यालय पुग्दा सेवाग्राहीको बीचबीचमा बैजनी रंगको सर्ट, पाइन्ट र कोट लगाएका पुरुष मिसिएका देखिए। यो भिडमा बैजनी रंगको कोट र निलो बैजनी रंगको सारी लगाएका महिलाहरु पनि देखिन्थे।

Vigo
GBIME
Tata

यो ‘ड्रेस कोड’ हालै सरकारले मालपोत कार्यालयमा काम गर्ने भुसेवा केन्द्र र लेखपढी व्यवसायीलाई तोकेको पोशाक हो।

लगनखेल मालपोतमा सोमबारबाट यो पोशाक लगाउन थालिएको ललितपुर लेखपढी व्यवसायी समितिका अध्यक्ष दीपक केसीले बताए। ‘हामीले आजबाट लगाउन थालेका हौ। परिचयपत्र भोलिबाट आउँछ,’ केसीले भने।

सरकारले मालपोत कार्यालयको नाम पनि परिवर्तन गरि भूमि प्रशासन कार्यालय राख्न परिपत्र गरिसकेको छ। लगनखेल मालपोतले शुक्रबारमात्र नाम फेरिएको होर्डिङ बोर्ड राखेको छ।

मालपोतमा बिचौलियालाई निषेध गरेको मन्त्रालयले लेखपढी व्यवसायीलाई बैशाख दोस्रो साता ड्रेस कोड तोकेको हो।

अनुमति पाएका लेखापढी व्यवसायीले भूमि प्रशासन कार्यालय पस्न मन्त्रालयले तोकेको ड्रेस लगाउनुपर्ने भए पनि कतिपय कार्यालयले भने विभिन्न बाहनामा आनाकानी गरिरहेको छ।