प्रधानमन्त्री बालेन संसदबाट भागेको भन्दै प्लेकार्ड टाँसेर सदनमा श्रम संस्कृतिको विरोध (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ जेठ ४ गते १२:१२ | May 18, 2026
प्रधानमन्त्री बालेन संसदबाट भागेको भन्दै प्लेकार्ड टाँसेर सदनमा श्रम संस्कृतिको विरोध (तस्विरहरु)


काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरुले प्लेकार्ड टाँसेर नै सदनमा विरोध प्रदर्शन गरेका छन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाह सांसदको प्रश्न देखि भागिरहेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। संसदमा प्रधानमन्त्री लगातार अनुपस्थित हुँदा विपक्षी दलहरुले विरोध गर्दै आइरहेका छन्।

श्रम संस्कृतिका सांसदहरुले प्लेकार्डसहित विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले भने प्लेकार्ड राखेर विरोध नगर्ने भनेका थिए।