पञ्जाव किंग्स फेरि पराजित भएको छ। इण्डियन प्रिमियर लिग आईपीएलमा सुरुवात सात खेलमा अपराजित रहेको पञ्जाव त्यसयताका लगातार पाँचौँ खेलमा पराजित भएको हो।
गएराति धर्मशालामा सम्पन्न खेलमा मुम्बई इण्डिनयन्सले उसलाई ६ विकेटले हरायो। मुम्बई प्लेअफको होडबाट बाहिरिसकेको टोली हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनाएको थियो। यसक्रममा प्रभशिमरन सिंहले सर्वाधिक ५७ रन बनाउँदा अजमतुल्लाह ओमरजाइले ३८ तथा प्रियांश आर्याले २२ रनको योगदान दिए। बलिङमा मुम्बईका सार्दुल ठाकुरले ४ विकेट लिँदा दीपक चहरले २ तथा कोर्बिन बोस्च र राज बजवाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि तिलक वर्माले सर्वाधिक अविजित ७५ रन बनाउँदा रायन रिकेल्टनले ४८ तथा विल ज्याक र रोहित शर्माले समान २५ रन बनाए। बलिङमा कोलकाताका अजमतुल्लाह ओमरजाइले २ तथा मार्को जेनसन र युजवेन्द्र चहलले समान १ विकेट लिए पनि मुम्बईलाई रोक्न सकेनन्।
आज लखउन सुपर जायन्ट र चेन्नइ सुपर किंग्स भिड्दैछन्।










