काठमाडौं। एक महिनाअघि उद्योग व्यवसायबारे जानकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसँग केही उद्योगी व्यवसायी छलफलमा सहभागी भएका थिए।
छलफलमा सिमेन्ट, डन्डी, पेट्रोलियम, कृषिदेखि जलविद्युतसम्म लगानी गरिरहेका ती उद्योगीले दुई तिहाइ नजिकको जनमतमा रहेको सरकारले केही ऐननियममा सहजीकरण गरिदिएमात्रै अर्बौं लगानी ल्याउने बताए।
बाटो र प्रसारणलाइनको सामान्य नीतिगत निर्णयले नेपाल सिमेन्टमा आत्मनिर्भरमात्र नभइ भारत निकासी हुन थालेको सन्दर्भ छलफलमा उठ्यो। त्यसैलाई टेकेर उनीहरूले खानीमा सहजीकरण गर्ने हो भने अझै निकासीबाट विदेशी मुद्रा आर्जन गर्न सकिने विषय उठाए।
त्यसैगरी, फलाम खानीका लागि केही नीतिगत सहजता हुने हो भने ठूलो लगानी भित्रिने आधार पेस गरे। भारतको जमसेदपुरजस्तै स्टील सिटीको परिकल्पना गर्दै केही उद्योगीले लाइसेन्स लिइसकेकाले अर्बौं लगानी गर्न तयार रहेको उनीहरूले जिकिर गरेका थिए।
झारखण्डको पूर्वी भेगमा रहेको जमसेदपुरमा सन् १९०७ मा उद्योगपति तथा टाटाका संस्थापक जमसेदजी टाटाले स्टील प्लान्ट लगाएका थिए। उनकै नामबाट यो सहर नामकरण समेत गरिएको थियो।
जमसेदपुरको स्टील प्लान्ट एसियाकै एकीकृत स्टील कारखाना हो। भारतको औद्योगिक क्रान्तिको प्रतीकका रुपमा यसलाई हेर्ने गरिन्छ।
त्यस प्लान्टले जमसेदपुरको आर्थिक संरचना नै बद्लेको थियो। नजिकै फलामका लागि चाहिने कच्चा पदार्थ ‘आइरन ओर’को खानी रहेकाले टाटाले त्यहाँ प्लान्ट लगायो। झारखण्ड र ओडिशा क्षेत्रमा उच्च गुणस्तरको आइरन ओर पाइन्थ्यो भने त्यसलाई आवश्यक कोइलाको उपलब्धता पनि थियो।
रेल र यातायातसँगै पानीको व्यवस्था भएकाले जमसेदजी टाटाले भारतलाई आत्मनिर्भर औद्योगिक मुलुक बनाउने सपनासहित स्टील प्लान्ट लगाएका थिए। ठ्याक्कै उस्तै परिकल्पना गर्दै सिमेन्ट र डन्डीमा लगानी गरिरहेका ती उद्योगीले भनेका थिए, ‘हामी जमसेदपुरजस्तै फलाममा ठूलो लगानी भित्र्याउन तयार छौं। त्यसका लागि पहिले सरकारले जग्गाको हदबन्दी हटाउनुपर्यो।’
दोस्रो, नेपालका आयोजनामा अवरोध हुने वन लगायतका बाधाहरूलाई हटाउन फास्ट ट्र्याकमा काम गर्नुपर्यो। यसो हुनेबित्तिकै आइरन ओर उत्पादनको बाटो खुल्छ। नेपालमा अहिले डन्डी बनाउन आवश्यक ‘स्पन्ज आइरन’ भारतबाट आयात भइरहेको छ। यसअघि ‘विलेट’ आयात हुन्थ्यो।
उद्योगी-व्यवसायी ‘पक्रने सूची’को हल्ला बजारभरी फैलियो। यसखाले ‘र्युमर’लाई रोक्नेभन्दा फैलाउने गतिविधि बढ्यो। जसकारण जमसेदपुरको सपना देखेका उद्योगी अब त्रासको भुमरीले घेरिन थाले।

छलफलमा सहभागी एक व्यावसायीका अनुसार सरकारले फास्ट ट्र्याकमा काम गरिदिए आधा दर्जन उद्योगीले फलाम खानीबाट ‘आइरन ओर’ निकालेर स्पन्ज बनाउने काम सुरु गर्न सक्छन्।
नेपालका उद्योगीहरूले विभिन्न स्थानमा खानीको लाइसेन्स लिएर बसिरहेका छन्। रुकुम पूर्वमा सुशील गुप्ताले फलाम खानी लिइसकेका छन् भने उदयपुरमा वीरेन्द्र न्यौपानेको खानी छ। यस्तै, अरु उद्योगीहरूले पनि फलामको खानी लिएर त्यसको परीक्षण गरिसकेका छन्।
रास्वपाले राखेको मुलुकको १०० अर्ब डलरको अर्थतन्त्र र ३ हजार डलरको प्रतिव्यक्ति आय सजिलै प्राप्त गर्न सक्ने ‘ब्लु प्रिन्ट’ देखाइदिएका थिए उद्योगीले। उद्योग व्यवसाय बुझेका ती सांसदले आफ्नो सरकारले फास्ट ट्र्याकमा ऐन-नियम परिवर्तन गर्ने जिकिर गरेका थिए।
सांसद र उद्योगी व्यवसायीबीच खानीदेखि औद्योगिक क्षेत्रको मुद्दालाई अघि बढाउने विषयमा मतैक्यता भएपछि खुशीसाथ निस्किएका थिए। आफ्नो महत्त्वाकांक्षी एजेण्डा पुराना राजनीतिक दलका नेताले भन्दा चाँडै बुझेकाले लगानीको वातावरण बन्ने अपेक्षाले उद्योगी व्यवसायी उत्साहित भएका थिए। तर, यस्तो सौहार्दपूर्वक छलफल भएको केही दिनमै एकपछि अर्का उद्योगी-व्यवसायी पक्राउ पर्न थाले।
नियतभन्दा नियतिले डोर्याएका उद्योगीहरू एक-एक गरी पक्राउ पर्न थालेपछि उनीहरूको मनोबल एकाएक खस्किन सुरु भयो। लगानीका लागि उत्साहित ती उद्योगी अब भय र त्रासमा बस्नुपर्ने अवस्था सिर्जना भयो।
त्यसमाथि उद्योगी-व्यवसायी ‘पक्रने सूची’को हल्ला बजारभरी फैलियो। यसखाले ‘र्युमर’लाई रोक्नेभन्दा फैलाउने गतिविधि बढ्यो। जसकारण जमसेदपुरको सपना देखेका उद्योगी अब त्रासको भुमरीले घेरिन थाले।
पढेलेखेका र बुझेका मन्त्रीबाट उनीहरूले अनपेक्षित अभिव्यक्ति सुन्नुपर्यो। उनको भाषणलगत्तै एक उद्योगीले भनेका थिए, ‘अहिले सबै अर्थमन्त्री बन्नुपर्ने तर अर्थमन्त्री नै गृहमन्त्री बन्न खोज्नुभएको छ।’

सबै अर्थमन्त्री बन्नुपर्ने, अर्थमन्त्री नै गृहमन्त्रीजस्तो
अर्थमन्त्री भएलगत्तै डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा उनीहरूलाई आश्वस्त बनाउँदै ‘पहिला सुन्ने अनि मात्रै थुन्ने’ जिकिर गरेका थिए। उनले भनेका थिए, ‘आर्थिक अपराधमा थुन्नुको साटो जरिबाना गरिन्छ।’
उनको उक्त भनाइ व्यवहारमा भने लागू भएन। उद्योगी पक्राउ हुने क्रम रोकिएन। त्यसपछि भने अर्थमन्त्री वाग्लेले आफ्नो अभिव्यक्ति फेर्नथाले।
बाह्रखरीले आयोजना गरेको आर्थिक संवादमा उनै वाग्ले उद्योगी व्यवसायीका अगाडि आक्रामक रुपमा प्रस्तुत भए- कतै सम्झाएजस्तो त कतै धम्क्याएजस्तो गरेर।
‘अहिले अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यस देशमा भएका ठूला दुरुपयोग कब्जा र लुटका प्रतिवेदनहरू पढेको छु। कतिपय अवस्थामा त म झस्कन्छु। तपाईंहरूमध्ये धेरैलाई नामले अनुहारले र सामाजिक भेटघाटका आधारमा चिन्छु पनि। तर, नेपाली जनताविरुद्ध जुन हदसम्मको अपराध भएको छ। त्यो देख्दा स्तब्ध हुन्छु,’ व्यवसायीहरू सामुन्नेमा उनले भने।
उनले यस्तो अभिव्यक्ति त्यस्तो ठाउँमा दिइरहेका थिए जहाँ व्यावसायिक संस्थाका अध्यक्षदेखि ठूला औद्योगिक घरानाका लगानीकर्ता उनलाई सुन्न उपस्थित भएका थिए। पढेलेखेका र बुझेका मन्त्रीबाट उनीहरूले अनपेक्षित अभिव्यक्ति सुन्नुपर्यो।
उनको भाषणलगत्तै एक उद्योगीले भनेका थिए, ‘अहिले सबै अर्थमन्त्री बन्नुपर्ने तर अर्थमन्त्री नै गृहमन्त्री बन्न खोज्नुभएको छ।’
निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्रीले ‘पुराना दलका नेतालाई झैँ घुस खुवाउने अवस्था अब नहुने’ भन्दा उनीहरू थप उत्साहित थिए।

रास्वपाको एकमना सरकार आएसँगै नीतिगत स्पष्टता र व्यवसायीको पुराना समस्या समाधान हुने अपेक्षा निजी क्षेत्रमा थियो। निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्रीले ‘पुराना दलका नेतालाई झैँ घुस खुवाउने अवस्था अब नहुने’ भन्दा उनीहरू थप उत्साहित थिए। त्यसैले हौसिएका उद्योगी व्यवसायी जमसेदपुरजस्तै परिकल्पनामा महत्त्वाकांक्षी लगानीका लागि तयार थिए।
५ वर्ष स्थिर सरकार र स्थिर नीतिगत व्यवस्था हुने अपेक्षामा उनीहरू लगानीका लागि अहिले पनि आतुर छन्। तर, महत्त्वपूर्ण मन्त्रालय हाँकिरहेका मन्त्रीहरूको तौरतरिका ‘प्रेडिक्टेबल’ नहुँदा उनीहरूको अपेक्षामाथि तुसारापात त हुने होइन? संशय मेटिन सकेको छैन।











