काठमाडौं। भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया व्यापार मेला-२०२६ जारी छ। बिहीबार सुरु भएको मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहले आफ्ना देशका स्थानीय उत्पादनहरू प्रदर्शन गरिरहेका छन्।
इन्ट्रोडक्सन ट्रेड शोज नेपालको व्यवस्थापनमा आयोजित उक्त मेला बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरोको सहकार्यमा संचालन भएको हो। मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ।


मेलामा विभिन्न देशको ‘पेभिलियन’ राखिएका छन्। मेलामा सार्क क्षेत्रका ५ हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ।


मेलाले निकासीयोग्य वस्तुको प्रवर्धन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ। घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारी साधन लगायतका सामग्री मेला प्रदर्शन गरिएको छ।


मेला वैशाख २८ गतेसम्म चल्ने छ।















