आइपीओ निष्कासनमा सरकार निर्मम बन्ने, रविले भने- जनताको पैसा डुब्न नदिन सतर्क छौं



बिजमाण्डू
२०८३ बैशाख २० गते १६:३२ | May 3, 2026
आइपीओ निष्कासनमा सरकार निर्मम बन्ने, रविले भने- जनताको पैसा डुब्न नदिन सतर्क छौं


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलविद्युत कम्पनीको आइपीओका सवालमा सरकार निर्मम बन्ने बताएका छन्।

Tata
GBIME

उनले आइतबार उद्योगी व्यवसायीसँगको छलफलमा जस्तासुकै कम्पनीले पनि आइपीओ निकाल्ने प्रवृत्ति मौलाएको भन्दै जनताको पैसा डुब्न नदिन सरकार निर्मम बन्ने बताएका हुन्।

‘जलविद्युत कम्पनीको आइपीओको सवालमा सरकार निर्मम बन्छ। घाटामा गएको कम्पनीलाई आइपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन दिने कुरा हुँदैन। यसमा हामी सतर्क छौं,’ उनले भने, ‘घाटाका कम्पनीलाई आइपीओ जारी गर्न नदिने कुरामा सरकार स्पष्ट छ।’