सिद्धार्थ गौतमको २५७०औँ जयन्तीका अवसरमा बौद्धमा बिहानैदेखि भक्तजनको भिड

प्रवीण रानाभाट
२०८३ बैशाख १८ गते १०:०३ | May 1, 2026
सिद्धार्थ गौतमको २५७०औँ जयन्तीका अवसरमा बौद्धमा बिहानैदेखि भक्तजनको भिड


काठमाडौं । सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ। भगवान् बुद्धको पूजा, आराधना एवं प्रवचन गरि आज देशभर बुद्ध जयन्ती मनाइँदै छ।

Vigo
GBIME
Tata

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

आज बिहानैदेखि काठमाडौंको बौद्ध स्तूपमा भक्तजनको भिड लागेको छ।