नेप्से सूचक ५.७३ अंकले घट्दा बैंकिङ उपसमूह उकालो, ४ अर्ब ९१ करोडको सेयर किनबेच



बिजमाण्डू
२०८३ बैशाख १७ गते १५:२६ | Apr 30, 2026
नेप्से सूचक ५.७३ अंकले घट्दा बैंकिङ उपसमूह उकालो, ४ अर्ब ९१ करोडको सेयर किनबेच


काठमाडौं। सेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ। नेप्से परिसूचक बिहीबार ५.७३ अंक घटेर २७३८.७२ विन्दुकायम भएको छ।

Tata
GBIME

बैंकिङ र उत्पादन तथा प्रशोधन बाहेकका कम्पनीले बजार घटाएका हुन्। बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १०.३८ प्रतिशतले घटेको छ।

९८ कम्पनीको सेयर मूल्य बढेको छ। श्रीनगर एग्रिटेकको सबैभन्दा धेरै १२.५७ प्रतिशतले सेयर मूल्य बढेको छ। यस्तै, शिखर पावर डेभलपमेन्टको ७.९१ प्रतिशतले सेयर मूल्य बढेको छ।

सूचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा बुधबार ४ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २१ करोड ९१ लाख र नेसनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।