काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक मंगलबार २६.१६ अंक घटेर २७७०.२६ विन्दु कायम भएको छ।
अन्य बाहेकका सबै उपसमूहले बजार घटाएका हुन्। होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ।
वाणिज्य बैंकहरुले चालु वर्ष ९ महिनामा पोहोरको सोही अवधिको तुलनामा १९.३० प्रतिशत बढी अर्थात ४९ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेकामा बैंकिङ सूचक नै ०.८४ प्रतिशतले ओरालो लागेको छ।
बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ। कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। बजारमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ।
सूचक घटे पनि कारोबार रकम भने बढेको छ।
सोमबार ४ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।
पाल्पा सिमेन्टको सबैभन्दा धेरै ५८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै,रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख र कर्पोरेट विकास बैंकको ३० करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









