सेयर बजार ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा, ४ अर्ब ७४ करोड ८८ लाखको कारोबार



बिजमाण्डू
२०८३ बैशाख १४ गते १५:२० | Apr 27, 2026
सेयर बजार ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा, ४ अर्ब ७४ करोड ८८ लाखको कारोबार


काठमाडौं। साताको दोस्रो दिन सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ। कारोबारमा आएका जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, अन्य र व्यापार बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME

उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै १.५२ प्रतिशत बढेको छ। बजारमा सेयरमूल्य बढ्दा १५७ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३० करोड ७४ लाख, आँखु खोला जलविद्युत कम्पनीको २६ करोड १८ लाख र सोलु हाइड्रोपावरको २३ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा १०२ कम्पनीको सेयरमूल्य घटेको छ भने १० वटाको स्थिर रह्यो। घटेकामध्ये निफ्रा ग्रीन इनर्जी डिबेन्चरमा १४.०१ र माई खोला हाइड्रोपावरको सेयरमूल्यमा १०.०१ प्रतिशतको गिरावट छ।