थापाथलीको सुकुम्बासी बस्तीमा डोजर, आ-आफ्ना सामान जोगाउँदै निस्कँदै (तस्बिरहरु)

बिजमाण्डू
२०८३ बैशाख १२ गते ०९:५७ | Apr 25, 2026
थापाथलीको सुकुम्बासी बस्तीमा डोजर, आ-आफ्ना सामान जोगाउँदै निस्कँदै (तस्बिरहरु)


काठमाडौं। सरकारले शनिबार बिहानैदेखि थापाथली क्षेत्रबाट बागमती किनारका क्षेत्र खाली गराइरहेको छ। सुकुम्बासी बस्तीमा डोजर पसेको छ।

Vigo
GBIME
Tata

सुकुम्बासीहरुलाई शुक्रबार साँझ नै खोला किनार खाली गर्न भनिएको थियो। थापाथली, गैरीगाउँ र मनोहराका खोला किनार खाली गराउन प्रहरीले माइकिङ गरेको थियो।

सरकारले गरेको सूचनाअनुसार धेरैले सामान सारिसक्न भ्याएका थिएनन्। शनिबार उनीहरुलाई सामान सार्न सुरक्षाकर्मीले सघाएका छन्।

सुकुम्बासीले ओगटेको खोला किनार खाली गराउन सरकारले उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन सगरेको छ। सँगै महानगरपालिकाको महानगर प्रहरी पनि परिचालित छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं महानगरको मेयर हुँदा खाली गराउन नसकेको थापाथली, गैरीगाउँ र मनोहराका खोला किनारका क्षेत्र अहिले खाली गराउन सुरु गरेका हुन्।

सरकारले वास्तविक सुकुम्बासीलाई बसोबासको विकल्प दिने जनाएको छ। सरकारले यसपटक पहिल्यै सूचना दिएकाले शुक्रबार नै धेरैले सामान सारिसकेका थिए।

सरकारले खोला किनारबाट हटाइएका सुकुम्बासीलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राख्ने तयारी गरेको छ। कीर्तिपुरको सत्सङ भवन र भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्र परिसरमा पनि राख्न ठाउँ तयार गरिएको छ। खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि सुकुम्बासीका लागि अस्थायी बसोबासको व्यवस्था मिलाउने तयारी छ।