बिदाका दिन नुवाकोटको ककनीमा स्ट्रबरी किन्न फार्ममै पुग्छन् ग्राहक (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८३ बैशाख ६ गते ११:४१ | Apr 19, 2026
बिदाका दिन नुवाकोटको ककनीमा स्ट्रबरी किन्न फार्ममै पुग्छन् ग्राहक (तस्विरहरु)


काठमाडौं । राजधानीभन्दा नजिकै नुवाकोटको ककनीमा बिदाको दिन पुग्नेको संख्या बढ्दो छ।

Tata
GBIME

सरकारले शनिबार र आइतबार बिदा दिएसँगै परिवार र साथीसँग ककनी घुम्न पुग्ने बढेका हुन्। ककनी पुग्नेहरुको रोजाइमा त्यहाँ संचालित स्ट्रबरी फार्म पर्ने गरेको छ।

खेतमै गएर आगन्तुकहरुले स्ट्रबरी टिपेर किन्ने गरेका छन्। ककनीमा अहिले एक केजी स्ट्रबरीको ३५० रुपैयाँ पर्छ।

स्थानीय माहिला तामाङले करिब ८ रोपनी जग्गामा स्ट्रबरी लगाएका हुन्। शनिबार मात्रै उनले करिब ६ हजार रुपैयाँको स्ट्रबरी बिक्री गरे।

उनले मिहिनेत गरे देशमै कमाउन सक्ने भन्दै भने, ‘यहीँ काम गर्न सकिन्छ। मिहिनेत गर्नुपर्छ। बाँच्न विदेश नै जानुपर्छ भन्ने छैन।’