नेपाल ग्यासले पुराना र प्रयोग अवधि सकिएका सिलिन्डरहरु नष्ट गर्दै (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ चैत्र २७ गते १४:३० | Apr 10, 2026
नेपाल ग्यासले पुराना र प्रयोग अवधि सकिएका सिलिन्डरहरु नष्ट गर्दै (तस्विरहरु)


काठमाडौं । नेपाल ग्यास उद्योगले पुराना तथा प्रयोग योग्य अवधि सकिएका एलपी ग्यास सिलिन्डरहरु नष्ट गर्न सुरु गरेको छ।

Tata
GBIME

आजसम्म उद्योगले ९८१ वटा ग्यास सिलिन्डरहरु नष्ट गरिसकेको छ। बालाजु स्थित उद्योग परिसरमा सिलिन्डरहरु काटिँदैछ।

एलपी ग्यास सिलिन्डरहरु लामो समय प्रयोग भएपछि कमजोर हुने र विस्फोटको जोखिम हुने हुँदा परीक्षण पश्चात प्रयोग अयोग्य सिलिन्डरहरु नष्ट गर्ने गरिन्छ।

उद्योगले पुराना सिलिन्डरहरु नष्ट गरेसँगै नयाँ सिलिन्डरहरु बजारमा उपलब्ध गराउने जनाएको छ।