सेयर बजारमा ४८.७१ अंकको वृद्धि, सूचक २८५१.२४ विन्दुमा पुग्दा ९ अर्ब ९१ करोडको कारोबार



बिजमाण्डू
२०८२ चैत्र २६ गते १५:१८ | Apr 9, 2026
सेयर बजारमा ४८.७१ अंकको वृद्धि, सूचक २८५१.२४ विन्दुमा पुग्दा ९ अर्ब ९१ करोडको कारोबार


काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन उच्च अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार ४८.७१ अंक उकालो लागेर २८५१.२४ विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ३.४३ प्रतिशतले उकालो लागेको छ। बजारमा २५१ कम्पनीको मूल्य बढेको छ।

बिहीबार ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बिहीबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। बजारमा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ४३ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, रिडी पावर कम्पनीको ४१ करोड ३४ लाख र हिमालयन रिइन्स्योरेन्सको ३९ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।