काठमाडौं। नेप्से परिसूचक मंगलबार २.६१ अंकले घटेर २७५७.४० विन्दु कायम भएको छ।
बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्यबाहेकका उपसमूहले सेयर बजार घटाएका हुन्। बजारमा १५७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
सूचकसँगै कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार कारोबार रकम ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।
ङादी ग्रुप पावरको सबैभन्दा धेरै २४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड २१ लाख र आँखु खोला जलविद्युत कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सामान्य अंकले घटेको बजारमा ८२ कम्पनीको मूल्य बढेको छ। ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।











