काठमाडौं। सेयर बजार परिसूचक २८०२.५२ अंकमा पुगेको छ। नेप्से परिसूचक बुधबार ४५.१२ अंक उकालो लागेर २८०० विन्दु माथि पुगेको हो।
कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ३.८७ प्रतिशतले उकालो लागेको छ।
बजारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ। ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बजारमा सूचकसँगै सेयर किनबेच पनि बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
एसवाई प्यानलको सबैभन्दा धेरै ४६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड १६ लाख र शिवम् सिमेन्टको ३७ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बजारमा स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३५ प्रतिशत घटेको छ।









