प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डीपीले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरु)



बिजमाण्डू
२०८२ चैत्र २२ गते १५:३३ | Apr 5, 2026
प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डीपीले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरु)


काठमाडौं। प्रतिनिधि सभामा नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Tata
GBIME

उनले आइतबार अपराह्न शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिएका हुन्।

शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत सहभागी थिए।

डीपी आइतबार बिहान निर्विरोधरुपमा सभामुख निर्वाचित भएका थिए। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले डीपीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

प्रतिनिधि सभाले दुई दशकपछि गैरकम्युनिष्ट सभामुख पाएको हो।

२०६२/६३ को जनआन्दोलनबाट प्रतिनिधि सभा पुनर्स्थापना भएयता एमाले र तत्कालीन माओवादीले पालैपालो सभामुख पाएका थिए।