काठमाडौं। कारोबार खुलेदेखि उतारचढाव देखिएको सेयर बजार अन्तिममा ५.८२ अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक बिहीबार २७८२.१८ अंकमा पुगेको छ।
कारोबारमा आएका बैंक तथा वित्तीय संस्था,फाइनान्स, लाइफ इन्स्योरेन्स, लघुवित्त, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.५३ प्रतिशतले बढेको छ।
बजारमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपर खुदी र होटल फरेस्ट इनको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको हो।
बजारमा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसवाई प्यानलको सबैभन्दा धेरै ३५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै ङादी ग्रुप पावरको ३० करोड ९२ लाख र हिमालयन रिको २९ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१५८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रह्यो।









