मार्जिन कारोबारका लागि १२३ कम्पनी मात्रै योग्य, कुन-कुनको सेयर खरिद गर्न पाइन्छ ब्रोकरबाट ऋण?



बिजमाण्डू
२०८२ चैत्र १८ गते ११:४९ | Apr 1, 2026
मार्जिन कारोबारका लागि १२३ कम्पनी मात्रै योग्य, कुन-कुनको सेयर खरिद गर्न पाइन्छ ब्रोकरबाट ऋण?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारयोग्य कम्पनीको सूची निकालेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रियाका आधारमा १२३ कम्पनीको सूची निकालेको हो।

Tata
GBIME

लगानीकर्ताले नेप्सेले तोकेका कम्पनीको सेयर खरिदका लागि मात्रै ब्रोकरबाट ऋण लिन पाउनेछन्।

मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका अनुसार कम्तिमा २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तिमा २ वर्ष खुद नाफा भएको र आइपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भएको दुई वर्ष पूरा भएका कम्पनीको सेयर खरिदका लागि मात्रै मार्जिन कारोबारको सुविधा उपलब्ध हुनेछ।