अध्यक्ष ओली पक्राउको विरोधमा माइतीघरमा एमाले कार्यकर्ताको विरोध प्रदर्शन (तस्बिरहरु)



बिजमाण्डू
२०८२ चैत्र १४ गते १५:५३ | Mar 28, 2026
अध्यक्ष ओली पक्राउको विरोधमा माइतीघरमा एमाले कार्यकर्ताको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। पार्टी कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

Tata
GBIME
Nepal Life

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुले नाराबाजी गरेका छन्। त्यस क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको छ। प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ।

माइतीघरमा भएको झडपमा केही घाइते पनि भएका छन्। एमाले अध्यक्ष ओलीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएर भर्ना गरेर राखिएको छ।

विरोध प्रदर्शनमा निस्किएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि बबरमहल क्षेत्रमा झडप भएको हो। एमालेले भृकुटीमण्डपमा पनि प्रदर्शन गरेको छ।

नयाँ सरकारले पहिलो निर्णय जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गरेको थियो। त्यसअनुसार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो।

पार्टी अध्यक्ष ओलीलाई पक्राउ एमाले पार्टी सचिवालयको आकस्मिक बैठकले प्रतिवादमा उत्रिने निर्णय गरिसकेको छ।