काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुका लागि सिंहदरबारमा कार्यालय व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।
सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार गरिएको हो।
संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको कार्यालय पनि तयार गरिएको छ।























