नयाँ संसदका लागि सिंहदरबारमा तयार हुँदैछ बैठक हल, सांसदले यहीँ लिनेछन् सपथ (तस्विरहरु)

बिजमाण्डू
२०८२ चैत्र ४ गते १४:०७ | Mar 18, 2026
नयाँ संसदका लागि सिंहदरबारमा तयार हुँदैछ बैठक हल, सांसदले यहीँ लिनेछन् सपथ (तस्विरहरु)


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सिंहदरबारमा अहिले हल निर्माण कार्य धमाधम भइरहेको छ।

Vigo
GBIME
Tata

जेनजी आन्दोलनका क्रममा बानेश्वस्थित संसद भवन जलाइएको थियो। सिंहदरबारको पूर्वी क्षेत्रमा निर्माणाधीन नयाँ संसद भवनको काम सकिएको छैन। त्यसैले नयाँ व्यवस्थापिका आइसकेपछि बैठक गर्नका लागि निर्माणाधीन भवन क्षेत्रमै हल निर्माण भइरहेको हो।

निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फ चुनिएका सांसदहरुलाई प्रमाणपत्र दिँदैछ। सोही दिन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम परिणाम बुझाउनेछ। त्यसपछि राष्ट्रपतिले संसद बैठक र नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।