निर्वाचनमा सेनाको कडा सुरक्षा, हवाइदेखि सडक पेट्रोलिङ (तस्विरहरु)



बिजमाण्डू
२०८२ फागुन २१ गते ०८:२१ | Mar 5, 2026
निर्वाचनमा सेनाको कडा सुरक्षा, हवाइदेखि सडक पेट्रोलिङ (तस्विरहरु)


काठमाडौं। देशभर प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत आज मतदान सुरु भएको छ।

Tata
GBIME

देशभर नै अहिलेसम्म शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो रुपमा पेट्रोलिङ देखिएको छ। त्यस्तै निर्वाचन प्रहरी समेत खटिएका छन्।

सरकारले निर्वाचनको अवधिभर अत्यावश्यक सवारी बाहेक अन्यलाई आवागमनमा रोक लगाएको छ। जसको कारण बिहानैदेखि सडकमा सवारीको चाप कम छ।

त्यस्तै, उपलब्ध गराइएका पास र अत्यावश्यक सवारीको हकमा जाँच गर्न ठाउँ-ठाउँमा चेक-पोइन्ट राखिएको छ।

ट्राफिक प्रहरी, निर्वाचन प्रहरीले पास चेक गर्दै सवारीलाई पठाउने गरेका छन्। निर्वाचनका लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी सडकमा देखिएका छन्।

नेपाली सेनाले आज हवाईगस्ती पनि गर्ने छ।

निर्वाचनमा ७९ हजार ७२७ जना नेपाली सेना, ७५ हजार ७९७ जना नेपाल प्रहरी, ३४ हजार ५७६ जना सशस्त्र प्रहरी र १९२१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएको छ। यसबाहेक निर्वाचन प्रहरीको संख्या १ लाख ४९ हजार ९० छ।

नेपाली सेनाले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा अंग एकीकृत सुरक्षा योजना अनुसार परिचालित भएको बताएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले सबै पृतनाको निरीक्षण गरेर निर्वाचनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिइसकेका छन्।