देशभर २३ हजार ११२ मतदान केन्द्र निर्माण सकियो, यसरी हुँदैछ तयारी (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ फागुन २० गते १७:२३ | Mar 4, 2026
देशभर २३ हजार ११२ मतदान केन्द्र निर्माण सकियो, यसरी हुँदैछ तयारी (तस्विरहरु)


काठमाडौं । प्रतिनिधिसभाको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। सबै मतदान केन्द्रहरुमा आजश्यक तयारी पूरा भएको हो।

Tata
GBIME

देशभरका मतदान केन्द्रहरु आज बिहानैदेखि निर्माण गर्न सुरु गरिएको थियो। त्यस्तै, मतपत्रसहित निर्वाचन सामाग्री सबै मतदान केन्द्रमा पुर्‍याइएको छ।

मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोेकेर मतदान केन्द्र जान सकिनेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन्। ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ।