हङकङबाट रेमिटान्स पठाउन अझ सहज, हङकङकाे केएमइबाट पठाएकाे रकम अब जिएमइबाट पाउन सकिने

बिजमाण्डू
२०७७ कात्तिक २९ गते १५:५० | Nov 14, 2020
हङकङबाट रेमिटान्स पठाउन अझ सहज, हङकङकाे केएमइबाट पठाएकाे रकम अब जिएमइबाट पाउन सकिने

काठमाडाैं । हङकङको ख्यातिप्राप्त रेमिटान्स कम्पनी केएमइ रेमिटान्स र जिएमइ रेमिटबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ। 
हङकङमा हुने नेपालीले केएमइ रेमिटान्सको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट नेपालमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सकिने कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो।  

Tata
GBIME

नेपालमा जिएमइ रेमिटसँग आबद्ध १० हजारभन्दा बढी एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ भने नेपालको जुनसुकै बैंकको खातामा आउने तुरुन्त रकम झिक्न मिल्नेगरी जम्मा गर्न सकिने साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ।

उक्त सम्झौतामा जिएमइ रेमिटका तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेल र केएमइ रेमिटान्स लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। 
जिएमइ रेमिट प्रालिले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हासिल गर्न सफल भएको छ ।