मेगा बैंकले सुरु गर्‍यो मोबाइलबाटै रेमिटेन्स पठाउने सेवा, एकपटकमा एक लाख, ‘हातैमा रेमिट्यान्स’



बिजमाण्डू
२०७७ असोज २९ गते १२:५५ | Oct 15, 2020


काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रूपमा विकास गरेको छ। 

Tata
GBIME

स्मार्ट रेमिटेन्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिटेन्स पठाउन मिल्नेगरी सेवा प्रारम्भ गरेको विज्ञप्तिमा जनाएको छ। रेमिट केन्द्रहरुमा नपुगी आफैंले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ। 

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ। 

एकपटकमा बढीमा १ लाख रुपैयाँसम्म रेमिट गर्न सकिने छ। प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ। तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।