सुनचाँदीको मूल्य उच्च, सुन प्रति तोला तीन सय घट्दा चाँदीमा १० रुपैयाँको वृद्धि



बिजमाण्डू
२०८२ मंसिर १६ गते ११:५१ | Dec 2, 2025
सुनचाँदीको मूल्य उच्च, सुन प्रति तोला तीन सय घट्दा चाँदीमा १० रुपैयाँको वृद्धि

काठमाडौं। लगातार बढेर उच्च भएको सुनचाँदीको मूल्यमा साताको तेस्रो दिन सामान्य घटबढ छ। सुन तोलामा ३ सय रुपैयाँ घटेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५३ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तोलाको २ लाख ५३ हजार ६ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको कारोबार मूल्यमा भएको बढोत्तरीले स्थानीय बजार प्रभावित छ। चालु महिना सुन तोलामा १० हजार रुपैयाँ बढिसकेको छ।

चालु महिनाको प्रारम्भमा कारोबार मूल्य तोलाको २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो।

चाँदी अघिल्लो दिनभन्दा १० रुपैयाँ बढेर तोलाको ३ हजार ५ सय ४५ रुपैयाँ भएको छ। सोमबार ३ हजार ५ सय ३५ रुपैयाँ थियो भने आइतबार ३ हजार ४ ९० रुपैयाँ थियो। चालु महिनाको सुरुमा चाँदी तोलाको ३ हजार १ सय ५५ रुपैयाँ थियो। १६ दिनमा तोलामा ३ सय ९० रुपैयाँ बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४२२४.५१ डलरले कारोबार भइरहेको छ। एक दिनमा यो १६.३७ डलरको गिरावटपछि कायम कारोबार मूल्य हो। एक महिनामा सुनको मूल्यमा प्रति औंस २३९.९० डलरको बढोत्तरी भएको छ।

यस्तै चाँदी प्रति औंस ५७.३४ डलर छ। चाँदी अघिल्लो दिनका तुलनामा १.३७ डलरले घटेको हो। एक महिनामा चाँदी प्रति औंस १०.२७ डलर घटेको छ।