सुनको मूल्य बढेर तोलाको २ लाख ५२ हजार २०० पुग्यो, चाँदीको भाउ पनि बढ्यो



बिजमाण्डू
२०८२ मंसिर १४ गते ११:२३ | Nov 30, 2025
सुनको मूल्य बढेर तोलाको २ लाख ५२ हजार २०० पुग्यो, चाँदीको भाउ पनि बढ्यो


काठमाडौं । आज सुन र चाँदीको भाउ उकालो लागेको छ। सुन तोलामा आज एक हजार ६०० रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुनको मूल्य २ लाख ५० हजार ६०० रुपैयाँमा थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेर प्रति तोला ३ हजार ४९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रति तोला ३ हजार ३४५ रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४२१९.२३ डलर र चाँदी प्रतिऔंस ५६.७२ डलर रहेको छ।