उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, प्रक्रिया तेस्रो चरणमा



बिजमाण्डू
२०८२ मंसिर ११ गते १५:५६ | Nov 27, 2025
उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, प्रक्रिया तेस्रो चरणमा


काठमाडौं। उडान सञ्चालनको अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवेदन दिने कम्पनीको संख्या ७ पुगेको छ।

Vigo
GBIME
Tata

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वायुसेवा सञ्चालनको इजाजतपत्र पाएका कम्पनीहरु एओसी लिने प्रक्रियामा लागेका हुन्। 

एओसीका लागि हेली एयर नेपाल, सगरमाथा एयरलाइन्स, गगन चुम्बी एयर हेलिकप्टर र  डाँफे एयरलाइन्सले दिएको आवेदन प्रक्रियामा छ। यस्तै बीबी एयरले बेलुन उडानको अनुमति मागेको छ। यी पाँचवटै नयाँ कम्पनी हुन्।

यसबाहेक सौर्य र गुण एयरलाइन्सले पनि एओसीको प्रक्रिया अगाडि बढाउन लगाएका छन्।  

सौर्य एयरलाइन्सको जहाज २०८१ साउन ९ गते त्रिभुवन विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेपछि क्यानले जहाज उडानमा रोक लगाएको थियो। गुण एयरलाइन्सले आर्थिक संकटका कारण २०८० फागुनदेखि उडान बन्द गरेको थियो।

‘अहिले हामीकहाँ एओसीका लागि सात कम्पनीको आवेदन छ। ती आवेदन तेस्रो चरणमा पुगेका छन्। अझै दुई चरण पार गरेपछि मात्र कम्पनीले एओसी पाउँछन्,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने।