क्लाउडफ्लेयरमा समस्या आउँदा विश्वभर बेवसाइट र एप संचालनमा अवरुद्ध



बिजमाण्डू
२०८२ मंसिर २ गते १८:१४ | Nov 18, 2025
क्लाउडफ्लेयरमा समस्या आउँदा विश्वभर बेवसाइट र एप संचालनमा अवरुद्ध

काठमाडौं । विश्वभर वेबसाइटहरूलाई आफ्नो इन्टरनेट ट्राफिक सुरक्षित गर्न र व्यवस्थापन गर्न सहयोग गर्ने क्लाउडफ्लेयरमा समस्या आएको छ। जसकारण विश्वव्यापी संजालमा समस्याहरू अनुभव  भइरहेको छ।

Tata
GBIME
Nepal Life

विश्वभर विभिन्न वेबसाइटहरू र एपहरूको सेवामा अवरोध पुगेको छ। नेपालमा पनि विभिन्न वेबसाइट संचालनमा समस्या देखिएको छ।

क्लाउडफ्लेयरले समस्याबारे अनुसन्धान भइरहेको र यसको पूर्ण प्रभावबारे बुझ्न र समस्यालाई कम गर्न काम गरिरहेको जनाएको छ।

क्लाउडफ्लेयरमा समस्या आउँदा एक्स जस्ता सामाजिक संजाल जायन्ट र ओपन एआई जस्ता एआई कम्पनी संचालन समेत प्रभावित भएको छ।

वेबसाइट चल्ने र फेरि संचालन अवरुद्ध हुने क्रम जारी छ।