एनएसीको महाप्रबन्धक नियुक्त गर्न प्रधानमन्त्रीको आक्रोशपछि एक दिनमै कार्यविधि, बिहीबार विज्ञापन



बिजमाण्डू
२०८२ कात्तिक २६ गते १९:३२ | Nov 12, 2025
एनएसीको महाप्रबन्धक नियुक्त गर्न प्रधानमन्त्रीको आक्रोशपछि एक दिनमै कार्यविधि, बिहीबार विज्ञापन


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)मा महाप्रबन्धक नियुक्तिका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले एकै दिनमा कार्यविधि तयार गरेका छन्।

Vigo
GBIME
Tata

उनले आफ्नो अध्यक्षतामा गठित सिफारिस समितिको बैठक राखेर एकैदिनमा कार्यविधि तयार पारेका हुन्। कार्यविधि बुधबार पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेकी छन्।

एनएसीको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नका लागि प्रधानमन्त्री कार्कीले विभागीय मन्त्रीको हैसियतमा कात्तिक १४ गते सचिव मैनालीको नेतृत्वमा सिफारिस समिति गठन गरेकी थिइन्।

तर अहिलेसम्म समितिको बैठक नै नराखेको र सिफारिसको काम अगाडि नबढाएको भन्दै प्रधानमन्त्री कार्कीले मंगलबार सचिव मैनालीलाई बोलाएर आक्रोश पोखेकी थिइन्।

सचिव मैनालीले कार्यविधि स्वीकृत भएकाले महाप्रबन्धकका लागि बिहीबार विज्ञापन गरिने बताए। समितिलाई गठनको मितिले ३० दिनको समय दिइएकामा १२ दिन गुज्रिसकेको छ।