बुद्ध एयर काठमाडौं-कोलकता उडान बढाउँदै, कात्तिक २९ गतेदेखि सातामा चार वटा



बिजमाण्डू
२०८२ कात्तिक १४ गते १२:१५ | Oct 31, 2025
बुद्ध एयर काठमाडौं-कोलकता उडान बढाउँदै, कात्तिक २९ गतेदेखि सातामा चार वटा


काठमाडौं। बुद्ध एयरले कात्तिक २९ गतेदेखि काठमाडौंबाट भारतको कोलकातामा साताको चार वटा उडान गर्ने भएको छ।

Vigo
GBIME
Tata

बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थप्न लागेको हो। यो वायुसेवा कम्पनीले अहिले काठमाडौं-कोलकता साताको तीन उडान गर्दै आएको छ।

कात्तिक २९ देखि सातामा आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने कम्पनीले जनाएको छ।