साँखुको प्रहरी प्रभाग जलाउने र प्रहरी कुटपिट गर्ने दुईजना पक्राउ, पठाइयो वृत्तमा



बिजमाण्डू
२०८२ कात्तिक ९ गते ०९:०१ | Oct 26, 2025
साँखुको प्रहरी प्रभाग जलाउने र प्रहरी कुटपिट गर्ने दुईजना पक्राउ, पठाइयो वृत्तमा


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा साँखुस्थित प्रहरी प्रभाग जलाउने र प्रहरी कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्।

Tata
GBIME

पक्राउ पर्नेमा मकवानपुर घर भई हाल शंखरापुर-७ बस्दै आएका प्रलाद दाहल र शंखरापुर-३ बस्दै आएका सानुकान्छा वाइबा रहेका छन्।

प्रहरी प्रभागमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।