काठमाडौं । जेनजी प्रदर्शनका क्रममा साँखुस्थित प्रहरी प्रभाग जलाउने र प्रहरी कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल शंखरापुर-७ बस्दै आएका प्रलाद दाहल र शंखरापुर-३ बस्दै आएका सानुकान्छा वाइबा रहेका छन्।
प्रहरी प्रभागमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।