रिइन्स्योरेन्स ब्रोकरलाई प्राधिकरणले थपिदियो समयावधि, अब पुसभित्र कार्यालय खोल्नुपर्ने



बिजमाण्डू
२०८२ साउन १८ गते १२:४२ | Aug 3, 2025
रिइन्स्योरेन्स ब्रोकरलाई प्राधिकरणले थपिदियो समयावधि, अब पुसभित्र कार्यालय खोल्नुपर्ने


काठमाडौं। नेपाल बीमा प्राधिकरणले रिइन्स्योरेन्स ब्रोकरहरुका लागि शाखा कार्यालय खोल्न समय थपेको छ। प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका संशोधन गर्दै २०८२ पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय स्थापना गर्न सीमा कायम गरेको हो।

Tata
GBIME

‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमा दलालले विसं २०८२ पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ,’ प्राधिकरणले निर्देशिका संशोधन गर्दै भनेको छ।

यसअघि प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने रिइन्स्योरेन्स ब्रोकरले सूचीकरण नम्बर पाएको ६ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने व्यवस्था थियो।

प्राधिकरणले पुनर्बीमा निर्देशिका जारी गरेको दुई वर्षसम्म रिइन्स्योरेन्स ब्रोकरले शाखा कार्यालय खोल्न नमानेपछि निर्देशिका संशोधन गरेर समय थपेको हो।

पुनर्बीमा ब्रोकर प्राधिकरणमा सूचीकृत हुनुपर्ने र विदेशी पुनर्बीमा ब्रोकरले प्रत्येक वर्ष सूचीकरण नम्बर नवीकरण गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। स्वदेशी र विदेशी गरी अहिले नेपालमा १६ वटा रिइन्स्योरेन्स ब्रोकर कम्पनी छन्।