वीरगंजमा सशस्त्र प्रहरीले गर्‍यो भन्सार छलेर ल्याइएका १८ लाख बराबरको कपडा बरामद

बिजमाण्डू
२०८२ असार २० गते ०७:५६ | Jul 4, 2025
वीरगंजमा सशस्त्र प्रहरीले गर्‍यो भन्सार छलेर ल्याइएका १८ लाख बराबरको कपडा बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ।

Tata
GBIME

भन्सार छलेर ल्याइएका कपडा वीरगंज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए।

बरामद सामग्री बिहीबार नै वीरगंज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार ८९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए।

‘भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगंज कार्यालयमा दाखिला गरेका छौं,’ सिंहले भने, ‘सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामाग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ।’ रासस