‘ह्याचब्याकको दाममा एसयुभी’ अफरमा सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट अब मात्र २९.९९ लाखमा

बिजमाण्डू
२०८२ असार १९ गते १६:३९ | Jul 3, 2025
‘ह्याचब्याकको दाममा एसयुभी’ अफरमा सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट अब मात्र २९.९९ लाखमा

काठमाडौं । सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि. ले आफ्नो ‘ह्याचब्याकको दाममा एसयुभी’ अभियान अन्तर्गत गाडीको मूल्य घटाएको घोषणा गरेको छ।

Tata
GBIME

पहिले ३६.५० लाख रुपैयाँमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभी अब २९.९९ लाख रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसले ह्याचब्याकको मूल्यमा एसयुभीको अनुभव प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

यो अफर अन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्। भारतमा निर्मित सिट्रोन सी३ पेट्रोल मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआरभीएमएस र शक्तिशाली १ हजार २०० सीसी इन्जिन जस्ता प्रिमियम फिचरहरू रहेका छन्। यसले यो गाडीलाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको कम्पनीको दाबी छ।

साङ्ग्रिला मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘साङ्ग्रिला मोटर्समा हामी विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सिट्रोन सी३ को यो नयाँ मूल्यको साथ हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौं।’

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रा. लि. सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। साङ्ग्रिला मोटर्सले नेपाली बजारमा नवीन र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।