बेलायत पठाएर आकर्षक जागिर दिलाउने लोभमा १ करोड २० लाख ठगी, आरोपित पक्राउ

बिजमाण्डू
२०८२ असार १९ गते १४:५६ | Jul 3, 2025
बेलायत पठाएर आकर्षक जागिर दिलाउने लोभमा १ करोड २० लाख ठगी, आरोपित पक्राउ

काठमाडौं। बेलायत पठाएर आकर्षक तलब आउने जागिर दिलाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभास रिसाल छन्।

Tata
GBIME

उनले १ करोड २० लाख ४४ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई बुधबार ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी परिसरले जनाएको छ।

बेलायत पठाइदिने र त्यहाँ जागिर लगाइदिने भन्दै उनले पैसा लिएका थिए। पैसा लिएपछि सम्पर्कविहीन भएका थिए। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।