सुनमा लगाइएको विलासिता कर पुनरवलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण

बिजमाण्डू
२०८२ असार १५ गते १७:०६ | Jun 29, 2025
सुनमा लगाइएको विलासिता कर पुनरवलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा लगाइएको विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) पुनरवलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हीरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट अव्यवहारिक भएको भन्दै चेम्बरले उपभोक्तामा समेत गम्भीर असर गर्ने भएकाले पुनरवलोकन गर्न अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको जनाएको छ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरबारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लेखित विलासिता कर र भ्याट वर्तमान आर्थिक अवस्थाको प्रतिकूल हुने बताएको छ।

सरकारको कर नीतिले सुनचाँदी तथा रत्न आभूषणको व्यवसाय नै संचालन गर्न नसकिने र यो क्षेत्रमा लाखौं जनशक्तिले रोजगारी समेत गुमाउने अवस्था आएका चेम्बरले जानकारी दिएको छ।

सो क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भीरताका साथ लिने प्रतिबद्धता जनाए। उनले सरोकारवाला निकायसँग छलफल गरेर समस्या समाधान गर्ने बताएको चेम्बरले विज्ञप्तिमार्फत जानकारी दिएको छ।