ऋणको ब्याजदर निरन्तर सस्तिंदै, ५ प्रतिशतभन्दा तल आयो आधार दर, कुन बैंकको कति?

बिजमाण्डू
२०८२ असार ११ गते १५:५४ | Jun 25, 2025
ऋणको ब्याजदर निरन्तर सस्तिंदै, ५ प्रतिशतभन्दा तल आयो आधार दर, कुन बैंकको कति?

काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको छ।

Tata
GBIME

कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर (बेस रेट) तल आएको हो।

दुईवटा वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको हो।

बेस रेट स्टान्डर्ड चार्टर्डको ४.९ र राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशतमा आइपुगेको छ।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।

बैंकहरुको आधार दरको अवस्था

बैंकआधार दर (प्रतिशत)
स्टान्डर्ड चार्टर्ड४.९
राष्ट्रिय वाणिज्य४.९७
एभरेष्ट५.३५
नेपाल५.७६
नेपाल इन्भेष्टमेन्ट मेगा५.८३
नबिल५.९
ग्लोबल आइएमई५.९७
कृषि विकास६.०३
सानिमा६.२६
माछापुच्छ्रे६.३५
एनएमबि६.३६
सिद्धार्थ६.३५
नेपाल एसबिआइ६.४२
सिटिजन्स६.५३
हिमायलन६.७
प्रभु६.६८
लक्ष्मी सनराइज६.५९
कुमारी६.७४
प्राइम६.७३
एनआइसी७.२३
स्रोत : बैंकहरु