बरुण हाइड्रोपावरले असार ३१ गते देखि ५३.५८ करोडको हकप्रद सेयर निष्कासन गर्दै

बिजमाण्डू
२०८२ असार १३ गते ०९:३५ | Jun 27, 2025
बरुण हाइड्रोपावरले असार ३१ गते देखि ५३.५८ करोडको हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । बरुण हाइड्रोपावरले हकप्रदर सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले असार ३१ देखि अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME

बरुण हाइड्रोपावरको अहिले ५३ करोड ५८ लाख १५ ह‍जार रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीका सेयरधनीले साउन १९ गतेसम्म ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

हाइड्रोपावरले गत जेठमा नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट हकप्रद सेयर निष्कासन अनुमति पाएको थियो। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ।