काठमाडौं । बरुण हाइड्रोपावरले हकप्रदर सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले असार ३१ देखि अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बरुण हाइड्रोपावरको अहिले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीका सेयरधनीले साउन १९ गतेसम्म ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।
हाइड्रोपावरले गत जेठमा नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट हकप्रद सेयर निष्कासन अनुमति पाएको थियो। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ।