
काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश प्रयोजनमा लाग्ने कर सहित चुक्ता पुँजीको ५.३६ प्रतिशतले हुन आउने १८ करोड २५ लाख १७ हजार ५२८ रुपैयाँ प्रतिफल पाउनेछन्।
कम्पनीको अहिले पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ। बोनस सेयर वितरण पछि समेत कम्पनीले तोकिएको पुँजी कायम गर्न नसक्ने भएपछि हकप्रद सेयर निष्कासन गर्दैछ।