BIZMANDU
www.bizmandu.com

एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, सेयरधनीले कति पाउनेछन् प्रतिफल?

२०८२ जेठ २६

एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, सेयरधनीले कति पाउनेछन् प्रतिफल?
एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, सेयरधनीले कति पाउनेछन् प्रतिफल?

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश प्रयोजनमा लाग्ने कर सहित चुक्ता पुँजीको ५.३६ प्रतिशतले हुन आउने १८ करोड २५ लाख १७ हजार ५२८ रुपैयाँ प्रतिफल पाउनेछन्।

कम्पनीको अहिले पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ। बोनस सेयर वितरण पछि समेत कम्पनीले तोकिएको पुँजी कायम गर्न नसक्ने भएपछि हकप्रद सेयर निष्कासन गर्दैछ।