लाइफ इन्स्योरेन्स कर्पोरे‍सनको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०८२ जेठ १ गते १०:५२ | May 15, 2025
लाइफ इन्स्योरेन्स कर्पोरे‍सनको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरे‍सन(एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका सेयरधनीले कर प्रयोजनसहित १०.५२ प्रतिशत लाभांश पाउनेछन्। नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पुँजी अहिले ५ अर्ब रुपैयाँ छ।