गभर्नर सिफारिस समितिले पायो पूर्णता, पौडेलको स्थानमा पाण्डे नियुक्त

बिजमाण्डू
२०८२ बैशाख ३१ गते २१:५४ | May 14, 2025
गभर्नर सिफारिस समितिले पायो पूर्णता, पौडेलको स्थानमा पाण्डे नियुक्त


काठमाडौं। गभर्नर सिफारिस समितिले पूर्णता पाएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले डा. पोषराज पाण्डेलाई सिफारिस समितिमा नियुक्त गरिएको खानेपानी मन्त्री प्रदीप यादवले बताए।

Tata
GBIME
NLIC

सिफारिस समिति सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि पाण्डेलाई सदस्य नियुक्त गरिएको हो। पाण्डेको नियुक्तिसँगै समितिले पूर्णता पाएको छ।

यसअघि पनि समितिमा पटक–पटक सदस्य हेरफेर भइसकेका छन्। पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो।