
कोलकाता नाइट राइडर्सको प्लेअफ पुग्ने सम्भावना न्यून बनेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराएसँगै कोलकाताको प्लेअफको समीकरण झिनोमात्र बाँकी रहेको हो। जितका बावजुत चेन्नइ यसअघि नै प्लेअफको होडबाट बाहिरिसकेको छ।
कोलकातास्थित इडन गार्डेन स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले सर्वाधिक ४८ रन बनाउँदा आन्द्रे रसेलले ३८, मनिष पाण्डेल अविजित ३६ र सुनिल नारायणले २६ रनको योगदान दिए। बलिङमा चेन्नइका नूर अहमदले ४ विकेट लिँदा अन्सुल कम्बोज र रवीन्द्र जडेजाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले ८ विकेट गुमाएर १९.४ ओभरमा लक्ष्य भेट्टायो। चेन्नइका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ५२ रन बनाउँदा शिवम दुबेले ४५, उर्भिल पटेलले ३१ तथा महेन्द्रसिंह धोनीले अविजित १७ रन बनाए। बलिङमा कोलकाताका वैभर अरोराले ३ विकेट लिँदा हर्षित राना र वरुण चक्रवर्तीले समान २ तथा मोइन अलीले १ विकेट लिए।
कोलकाता १२ खेलबाट ११ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा छ। अब, उसले बाँकी दुई खेल जितेको खण्डमा पनि प्लेअफमा पुग्न अन्य टोलीको खेलको नतिजा आफू अनुकुल आउनु पर्नेछ।
प्रतियोगितामा आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स भिड्नेछन्।