सुनको मूल्यमा लगातार बढोत्तरी, प्रति तोला ५०० रुपैयाँ महँगिदा चाँदीको भाउ स्थिर

बिजमाण्डू
२०८२ बैशाख २२ गते ११:२२ | May 5, 2025
सुनको मूल्यमा लगातार बढोत्तरी, प्रति तोला ५०० रुपैयाँ महँगिदा चाँदीको भाउ स्थिर


काठमाडौं। सुनको मूल्य लगातार बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुन प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार तोलामा २० रुपैयाँ घटेर चाँदीको मूल्य प्रति तोला १ हजार ९१० रुपैयाँ भएको थियो।

अघिल्लो दिनको भन्दा १५ रुपैयाँ बढेर गत शुक्रबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ३० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार  प्रति औंस ३२४१.३६ रहेको सुनको मूल्य सोमबार बढेर प्रति औंस ३२५७.८६ डलर पुगेको छ।चाँदी प्रति औंस ३२.२२ डलर छ। आइतबार चाँदी प्रति औंस ३२.०५ डलर थियो।