
काठमाडौं। कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि फुन्टसोक एन लामाले जितेका छन्। गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा सम्पन्न ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगितामा लामा च्याम्पियन बनेका हुन्।
एकदिवसीय गल्फ प्रतियोगितामा कूल १०० गल्फरले भाग लिएका थिए।
फुन्टसोक ४२ अंकसहित विजेता बनेका हुन्। उनले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रिप पनि पुरस्कार स्वरूप पाए। त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टासी छिरिङले जितेका छन्। ४० अंकसहित नामग्याल टि लामा रनरअप भए।
त्यसैगरी महिलातर्फ गीता गुरुङ २५ अंकसहित विजेता बनिन्। सुस्मिता खड्का महिलातर्फ उपविजेता भइन्।
सिनियरतर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए।
त्यसैगरी छेवाङ शेर्पाले ‘कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’को उपाधि पाए। त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जिते। सबै विजेताहरुलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।