भारतले आक्रमण गर्न सक्ने मन्त्रीको चेतावनी पछि पाकिस्तानको सेयर बजारमा गिरावट

बिजमाण्डू
२०८२ बैशाख १७ गते १३:५६ | Apr 30, 2025
भारतले आक्रमण गर्न सक्ने मन्त्रीको चेतावनी पछि पाकिस्तानको सेयर बजारमा गिरावट
Photo : Getty Images

पाकिस्तानको सेयर बजारमा भारी गिरावट आएको छ। आज कारोकार सुरु हुने बित्तिकै सेयर बजारमा २ हजर ५०० अंकको गिरावट आएको हो।

Tata
GBIME

बुधबार सेयर बजार नकारात्मक अंकबाट नै खुलेको थियो। बजारमा संस्थागत र रिटेल दुवै लगानीकर्ता घाटामा पुगेका छन्।

सेयर बजार घट्नुमा पछिल्लो साता भारतको पहलगाममा भएको आतंककारी आक्रमण कारक भएको बताइएको छ। सो आक्रमणपश्चात बिग्रिरहेको भारत पाकिस्तान सम्बन्धमा थप दरार आएको छ।

दुई देशबीच युद्धको आशंका भइरहँदा सेयर बजार प्रभावित भएको हो।

आज पाकिस्तानका संचार मन्त्री अताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टामा पाकिस्तानमा आक्रमण गर्न सक्ने बताएका थिए। उनको सो भनाइले सेयर बजारमा नकारात्मक प्रभाव परेको बताइन्छ।